logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

जिवनशैली

धनकुटाका किसान किशोर भण्डारीद्वारा कम उत्पादन दिने जमिनबाटै राम्रो आम्दानी।

तमोर नदीको बालुवायुक्त बगरमा धनकुटा नगरपालिका–९ का किशोर भण्डारीले ड्रागन फलको सफल खेती गरेका छन्। उपयुक्त बाली छनोट र प्रविधिको प्रयोगबाट कम उत्पादन दिने जमिनलाई पनि आम्दानीको स्रोत बनाउन सकिने दृष्टान्त उनी हुन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १६ कार्तिक २०८३, आईतवार

धनकुटाका किसान किशोर भण्डारीले तमोर नदीको बालुवायुक्त बगरमा व्यावसायिक कृषि गरी नयाँ दृष्टान्त प्रस्तुत गरेका छन्। सुरुमा पाँच रोपनीमा ड्रागन फल खेती थालेका उनले अहिले नौ रोपनीमा यसको विस्तार गरेका छन्। बजारमा राम्रो माग र प्रतिकिलो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म मूल्य पाएपछि उनको आम्दानी बढेको छ।

ड्रागन फलको सफलतासँगै उनले एप्पल बयर, केरा, एभोकाडो र म्याकाडेमिया जस्ता बहुबाली खेतीसमेत सुरु गरेका छन्। युएनडीपी र पर्डेप नेपालको सहयोगमा सिँचाइ व्यवस्थापन भएपछि व्यवसाय अझ सहज भएको छ। हाल वार्षिक १५ लाख आम्दानी गरिरहेका उनको आगामी दिनमा करोडौँको कारोबार पुर्याउने लक्ष्य छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।