logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

जिवनशैली

ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा मध्यराति कष्टकर उकालो हिँडेर दर्शनार्थीहरू पुग्दैछन्।

पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शनार्थीको व्यापक चहलपहल बढेको छ। कात्तिक तेस्रो साता मंगलबार एकैदिन १० हजार ६ सय १६ जनाले मन्दिर दर्शन गरेपछि यस वर्षको नयाँ रेकर्ड कायम भएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

१८ कात्तिक, तेह्रथुम। पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा यतिबेला दर्शनार्थीको व्यापक चहलपहल बढेको छ। मौसममा सुधार आएसँगै मंगलबार एकैदिन १० हजार ६ सय १६ जनाले मन्दिरमा दर्शन गरेपछि यस वर्षको नयाँ रेकर्ड कायम भएको छ।

समुद्री सतहबाट ३,७९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न भक्तजनहरू मध्यरातिदेखि चिसो मौसम र कठिन उकालो पदमार्ग पार गर्दै बिहानै दर्शनका लागि पुग्ने गर्छन्। नेपालका विभिन्न जिल्लाका साथै भारतबाट ठूलो सङ्ख्यामा भक्तजन आइपुग्दा फुङलिङ, सुकेटार, काफ्लेपाटी र फेदीका होटल तथा यातायात क्षेत्रमा आर्थिक गतिविधि ह्वात्तै बढेको छ। यसले पाथीभरालाई धार्मिक आस्थासँगै पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।