नर्थ प्वाइन्ट एकेडेमीमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न
पत्थरकोटस्थित नर्थ प्वाइन्ट एकेडेमीले विद्यालयको वार्षिक नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
भक्तिराम घिमिरे
कपिलवस्तु | २८ चैत्र २०८१, शुक्रबार
पत्थरकोटस्थित नर्थ प्वाइन्ट एकेडेमीले विद्यालयको वार्षिक नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीराज बस्नेत रहनु भएको थियो भने प्रमुख अतिथि प्याप्सनका पूर्व केन्द्रीय सदस्य शिव गैरे हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा वडा सदस्य मिना नेपालीको उपस्थिति रहेको थियो।
साथै, कार्यक्रममा पुर्व अध्यक्षहरु, पुर्व प्रअ हरु विभिन्न समाजसेवी तथा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिव गैरेले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिकता र अनुशासनमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “विद्यालय शिक्षाको मन्दिर हो, यहाँबाट निस्कने विद्यार्थीहरू भविष्यका सक्षम नागरिक हुन्। यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्ध झनै बलियो बनाउँछ।”
कार्यक्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कारद्वारा सम्मान गरिएको थियो। त्यस्तै, विद्यालयसँग सहकार्य गर्दै आएका अभिभावकहरूलार्इ पनि सम्मान गरिएको थियो। कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक प्रस्तुति—नृत्य, गीत तथा नाटकहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रमका प्रमुख आयोजक तथा विद्यालयका प्राचार्य हरि बेल्बासेले स्वागत मन्तब्य राख्दै विद्यालयको प्रगति, भावी योजना र सबैको सहकार्यप्रति आभार प्रकट गर्नुभएको थियो ।

थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...
१५ असार २०८२, आईतवार
शीर्षक: यस वर्षको एसईई नतिजामा देशभर सुधार, धेरै जिल्लामा उत...
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...