logo of PMS News Nepal

PMS News Nepal

६ कार्तिक २०८३, बिहीबार

22 Oct 2026, Thursday

जिवनशैली

खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्थलको जानकारी

मौसम प्रतिकूलता र पर्याप्त भिजिबिलिटी नहुँदा भरतपुर र तुम्लिङटार विमानस्थल ठप्प भएका छन्। यसका कारण देशका विभिन्न क्षेत्रमा हुने हवाई उडानहरू प्रभावित भई यात्रुहरू समस्यामा परेका छन्।

फाइल तस्बिर

बिनिता परियार

भरतपुर | ११ आश्विन २०८३, आईतवार

खराब मौसम र न्यून भिजिबिलिटीका कारण देशका विभिन्न विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन्।

प्रतिकूल मौसमका कारण चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्। पर्याप्त भिजिबिलिटी नहुँदा आज बिहान हुने भनिएका मनोरम पर्वतीय उडान (माउन्टेन फ्लाइट) हरू समेत पूर्ण रूपमा स्थगित भएका छन्।

अर्कोतर्फ, पोखरा विमानस्थलमा भने भिजिबिलिटी बिस्तारै सुध्रिँदो क्रममा रहेको र आवश्यक भिजिबिलिटी पुग्नासाथ उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

मौसममा सुधार आउने बित्तिकै रोकिएका सबै हवाई उडानहरू पुनः नियमित रूपमा सञ्चालनमा ल्याइने विमानस्थल अधिकारीहरूले जानकारी दिएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।