नेपाली कांग्रेस महाधिवेशन: ढिलाइ हुने भएपछि विद्युतीय मतदान रद्द, कागजी प्रयोग गरिने
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा विद्युतीय मेसिनबाट पनि नतिजा आउन एक दिनभन्दा बढी समय लाग्ने देखिएकाले नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ रद्द गरी कागजी प्रक्रियाबाटै मतदान गराउने निर्णय गरिएको छ।
बिनिता परियार
नेपाल | १८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेसको १५औं महाधिवेशन खुलामञ्चमा सुरु हुँदैछ भने भोलि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुनेछ। यसपटकको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने निर्णय गरिएको छ। सात हजारभन्दा बढी प्रतिनिधि रहेकाले विद्युतीय मेसिनबाट पनि नतिजा आउन एक-दुई दिनभन्दा बढी समय लाग्ने प्राविधिक कम्पनी (राम-लक्ष्मण) ले बताएपछि कांग्रेसले पुरानै कागजी विधिबाटै मतदान गराउने निष्कर्ष निकालेको हो। महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान प्रक्रिया सहज बनाउन खुलामञ्च, राष्ट्रिय सभा गृह र कमलादीस्थित प्रज्ञा प्रतिष्ठान गरी तीन फरक स्थानमा आवश्यक प्रबन्ध र तयारी भइरहेको छ।
थप समाचार
२० आश्विन २०८३, मंगलवार
रगत अभावमा जटिल बनेकी सुत्केरीलाई प्रहरी अधिकृतले बचाए।
१८ आश्विन २०८३, आईतवार
अस्ट्रेलियामा १ घण्टा समय अगाडि सरियो, नेपालसँगको अन्तर अब ५...
११ आश्विन २०८३, आईतवार
खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्...
८ आश्विन २०८३, बिहीबार
अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगरक...
८ आश्विन २०८३, बिहीबार
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाल...
७ आश्विन २०८३, बुधबार
चीनद्वारा नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण तथा प्र...