logo of PMS News Nepal

PMS News Nepal

६ कार्तिक २०८३, बिहीबार

22 Oct 2026, Thursday

जिवनशैली

मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणालीले नेपालमा भारी वर्षा गराउन सक्छ।

बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टामा कमजोर हुनेछ। यद्यपि यसको असरले नेपालका धेरै स्थानमा भारी वर्षा, हिमपात, बाढी-पहिरोको जोखिम रहेकाले रात्रिकालीन यात्रा नगरी उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।

फाइल तस्बिर

बिनिता परियार

बंगाल | ८ आश्विन २०८३, बिहीबार

बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टामा कमजोर हुने भए पनि नेपालका धेरै स्थानमा भारी वर्षा, बाढी-पहिरो र उच्च हिमाली भेगमा हिमपातको जोखिम कायमै छ।

मौसम विज्ञान विभागका अनुसार आज असोज ८ गतेदेखि नै देशका विभिन्न भागमा वर्षा सुरु भएको छ। महाशाखाले असोज ८, ९ र १० गते उच्च सतर्कता अपनाउन आग्रह गर्दै जोखिम नक्सा जारी गरेको छ:

  • ८ गते: कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र सुन्तला (सतर्क) र अन्य क्षेत्र पहेँलो (अध्यावधिक) सूचीमा छन्।

  • ९ गते: उच्च हिमाली ११ जिल्ला रातो (प्रतिकार्य) संकेतमा छन्।

  • १० गते: कर्णाली र सुदूरपश्चिमका ९ जिल्लामा उच्च जोखिम (रातो) रहनेछ।

  • ११ गते: मौसम क्रमशः सुधारिनेछ।

बाढी-पहिरो, डुबान तथा यातायात प्रभावित हुन सक्ने भएकाले रातिमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।