अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगरका विद्यालय दुई दिन बन्द
विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मौसम पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको छ ।
बिनिता परियार
विराटनगर | ८ आश्विन २०८३, बिहीबार
८ असोज, विराटनगर । अविरल वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार आज र भोलि महानगर क्षेत्रका विद्यालयमा बिदा दिइएको हो । जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, बस्ती र सडकमा डुबान हुने तथा यातायात प्रभावित हुने सम्भावना रहेकाले विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिई विद्यालय बन्द गरिएको महाशाखाले जनाएको छ । विपद्को अवस्था सिर्जना भए सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न महानगरले विद्यालय प्रशासनलाई आग्रह गरेको छ ।
थप समाचार
२० आश्विन २०८३, मंगलवार
रगत अभावमा जटिल बनेकी सुत्केरीलाई प्रहरी अधिकृतले बचाए।
१८ आश्विन २०८३, आईतवार
अस्ट्रेलियामा १ घण्टा समय अगाडि सरियो, नेपालसँगको अन्तर अब ५...
१८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेस महाधिवेशन: ढिलाइ हुने भएपछि विद्युतीय मतदान...
११ आश्विन २०८३, आईतवार
खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्...
८ आश्विन २०८३, बिहीबार
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाल...
७ आश्विन २०८३, बुधबार
चीनद्वारा नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण तथा प्र...