चीनद्वारा नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण तथा प्रविधि हस्तान्तरण।
रसुवा बाढीका मृतक तथा बेपत्ताको पहिचानका लागि चीन सरकारले नास्टलाई डीएनए परीक्षण प्रविधि उपलब्ध गराएको छ। मन्त्री महावीर पुनको उपस्थितिमा चिनियाँ राजदूत झाङ माओमिङले उक्त सामग्री हस्तान्तरण गर्नुभयो।
बिनिता परियार
रसुवा | ७ आश्विन २०८३, बुधबार
चीन सरकारले रसुवा बाढीका मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका उपकरण, प्रविधि र सामग्री उपलब्ध गराएको छ। शिक्षामन्त्री महावीर पुनको उपस्थितिमा चिनियाँ राजदूत झाङ माओमिङले उक्त सामग्री हस्तान्तरण गर्नुभयो। बाढीपछि नमुनाको चाप बढेकाले नास्ट, राष्ट्रिय विधि विज्ञान र प्रहरी प्रयोगशालाबीच काम बाँडफाँड गरी ८०० बढी नमुना परीक्षण भइरहेको नास्टका प्रवक्ता डा. रामचन्द्र पौडेलले जानकारी दिनुभयो। विदेशी विज्ञहरूसँगको सहकार्य तथा चिनियाँ सहयोगले डीएनए परीक्षणलाई तीव्र बनाउनुका साथै नेपाली वैज्ञानिकहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको छ। नास्टले तयार पारेको डेटा विश्लेषणका लागि सम्बन्धित फरेन्सिक ल्याबमा पठाइनेछ।
थप समाचार
२० आश्विन २०८३, मंगलवार
रगत अभावमा जटिल बनेकी सुत्केरीलाई प्रहरी अधिकृतले बचाए।
१८ आश्विन २०८३, आईतवार
अस्ट्रेलियामा १ घण्टा समय अगाडि सरियो, नेपालसँगको अन्तर अब ५...
१८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेस महाधिवेशन: ढिलाइ हुने भएपछि विद्युतीय मतदान...
११ आश्विन २०८३, आईतवार
खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्...
८ आश्विन २०८३, बिहीबार
अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगरक...
८ आश्विन २०८३, बिहीबार
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाल...