logo of PMS News Nepal

PMS News Nepal

४ आश्विन २०८३, आईतवार

20 Sep 2026, Sunday

विविध

गर्भवती महिला मृत्यु प्रकरण: स्याङ्जाकी एक प्रतिवादी पुर्पक्षमा, अर्की धरौटीमा।

स्याङ्जाको साविक छाङछाङदीमा १८ वर्षअघि गर्भवती सञ्जु लामिछानेको मृत्यु भएको कर्तव्य ज्यान मुद्दामा एक प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने अर्की प्रतिवादी धरौटीमा रिहा भएकी छन्। घटनाबारे थप अनुसन्धान जारी छ।

फाइल तस्बिर

बिनिता परियार

स्याङ्जा | १ आश्विन २०८३, बिहीबार

स्याङ्जाको साविक छाङछाङदी गाविस-६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको १८ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दामा अदालतले नयाँ आदेश जारी गरेको छ। श्रीमान् कृष्णप्रसाद रेग्मी र शान्तिदेवी भण्डारीसहितले पूर्वयोजना अनुसार सुई तथा औषधि खुवाएर हत्या गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धान पूरा गरी २०८३ भदौ ४ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरिएका दुई महिला प्रतिवादीमध्ये छाङछाङदीकी शान्ती भण्डारी र पार्वती भण्डारीमध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने अर्की प्रतिवादी धरौटीमा छुटेकी छन्। लामो समयदेखि विचाराधीन रहेको यस रहस्यमय घटनामा हाल कानुनी प्रक्रियाले तीव्रता पाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।