भोटेकोशी बाढीमा बेपत्ता श्रमिकको खोजी–उद्धार अधिकांश जलविद्युत् आयोजनामा रोकियो
भोटेकोशी बाढीबाट क्षतिग्रस्त १३ जलविद्युत् आयोजनामध्ये चिलिमे, माथिल्लो त्रिशूली–१ र माथिल्लो त्रिशूली–३ ‘बी’ मा मात्रै बेपत्ता श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार जारी छ।
सपना न्यौपाने
काठमाडौँ | ३१ भाद्र २०८३, बुधबार
३१ भदौ, काठमाडौं । १० भदौमा आएको रसुवा भोटेकोशी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि बेपत्ता श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार अधिकांश आयोजनामा रोकिएको छ । बाढीबाट प्रभावित १३ आयोजनामध्ये चिलिमे, माथिल्लो त्रिशूली–१ र माथिल्लो त्रिशूली–३ ‘बी’ मा मात्रै खोजी जारी छ । रसुवागढी, रसुवा भोटेकोशी, मैलुङ खोला, माथिल्लो त्रिशूली–३ ‘ए’, देवीघाट र माथिल्लो मैलुङसहित अन्य आयोजनामा खोजी रोकिएको हो । इप्पानका अनुसार ११ आयोजनामा कार्यरत ८६८ जना अझै सम्पर्कविहीन छन् । चिलिमेमा सुरुङभित्र थुप्रिएको माटो र बोल्डर हटाउने काम जारी छ । त्यहाँ ६ जना फसेको अनुमान गरिएको छ । माथिल्लो त्रिशूली–३ ‘बी’ मा भवनका संरचना नै बाढीले बगाएको अवस्थामा खोजी भइरहेको छ ।
थप समाचार
४ आश्विन २०८३, आईतवार
धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान...
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...
१ आश्विन २०८३, बिहीबार
गर्भवती महिला मृत्यु प्रकरण: स्याङ्जाकी एक प्रतिवादी पुर्पक्...
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...