logo of PMS News Nepal

PMS News Nepal

९ भाद्र २०८३, मंगलवार

25 Aug 2026, Tuesday

विविध

सप्तरीमा दुई वर्षीया बालिकाको सौतेनी आमाले हत्या गरेको स्वीकार गरेकी छिन्।

सप्तरीमा दुई वर्षीया खुसी खातुनको हत्या गरेको सौतेनी आमा मुस्कान खातुनले स्वीकार गरेकी छन्। सौता रुबिनासँगको विवादका कारण हत्या गरी शव घरपछाडिको झाडीमा फालेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

फाइल तस्बिर

Aarati Bogati

सप्तरी | ८ भाद्र २०८३, सोमबार

सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया खुसी खातुनको हत्या उनकी सौतेनी आमा मुस्कान खातुनले गरेको स्वीकार गरेकी छन्। आइतबार बिहान घरअगाडि खेलिरहेकी खुसी अचानक हराएकी थिइन्। परिवारले खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। दिउँसो बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएकी मुस्कानले सौता रुबिना खातुनसँगको विवादका कारण बालिकाको हत्या गरेको बयान दिएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए। मुस्कानले हत्या गरेपछि शव घरपछाडिको झाडीमा फालेको बताएकी छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनामा संलग्न मुस्कानलाई सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।