२३ महिने बालिका १२ घण्टापछि सकुशल फेला
बाराको कलैयाबाट हराएकी २३ महिने बिन्दीकुमारी मण्डल करिब १२ घण्टापछि सकुशल फेला परेकी छन्। परिवारको सूचनापछि प्रहरीले तत्काल खोजी थालेको थियो। प्रहरी टोलीको सक्रियतापछि बालिका आइतबार बिहान भेटिएकी हुन्।
Binita Pariyar
बारा | ७ भाद्र २०८३, आईतवार
बाराको कलैयाबाट शनिबार साँझ हराएकी २३ महिने बिन्दीकुमारी मण्डल १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्। कट्टिपर्सास्थित घरछेउबाट साँझ ५ः३० बजे बेपत्ता भएपछि परिवारले राति प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खोजीमा परिचालन गरिएको थियो। तालिमप्राप्त कुकुरसहितको टोलीले समेत सम्भावित स्थानमा खोजी गरेको थियो। क्रममा बिहान ५ः४५ बजे कलैया–२६, सिसवा महेशपुरमा सडक किनारको नालामा बालिका रोइरहेको अवस्थामा स्थानीय सल्मा नेसाले फेला पारेकी थिइन्। उनले बालिकालाई उद्धार गरी आफन्तलाई खबर गरेपछि प्रहरी पुगेको थियो। घरबाट करिब एक किलोमिटर उत्तरतर्फ भेटिएकी बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनी कसरी त्यहाँ पुगिन् भन्नेबारे प्रहरीले तत्काल अनुसन्धान गरिरहेको छ।
थप समाचार
८ भाद्र २०८३, सोमबार
सप्तरीमा दुई वर्षीया बालिकाको सौतेनी आमाले हत्या गरेको स्वीक...
५ भाद्र २०८३, शुक्रबार
रोल्पा पहिरोपछि राहतमा ढिलाइ, विस्थापित परिवार स्वास्थ्य चौक...
५ भाद्र २०८३, शुक्रबार
जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला
१८ जेष्ठ २०८३, सोमबार
महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
८ असार २०८३, सोमबार
Sahara Security को विश्वसनीय सुरक्षा सेवा अब नेपालभर
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम