logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

राजनिति

नेपाली कांग्रेसको १५ औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि एक घण्टा ढिला गरी शुक्रबार बिहान मतदान सुरु भएको छ। कास्की–२ का ८१ वर्षीय शोभाचन्द्र बरालले पहिलो मत खसालेर मतदानको सुरुवात गरे।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २३ आश्विन २०८३, शुक्रबार

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहान एक घण्टा ढिला गरी मतदान सुरु भएको छ। कास्कीका ८१ वर्षीय शोभाचन्द्र बरालले पहिलो मत हालेका हुन्। ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले कुल २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ, जसका लागि प्रतिव्यक्ति करिब ३० मिनेट लाग्ने अनुमान छ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा स्थापित विभिन्न बुथहरूमा मतदान भइरहेको छ। राष्ट्रिय सभा गृहमा बागमती प्रदेश र खुलामञ्चका तीन हलमा बाँकी ६ प्रदेश तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। मतदान सम्पन्न भएपछि मतपेटिका सानेपास्थित केन्द्रीय कार्यालय लगेर गणना गरिने निर्वाचन समितिले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।