logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

राजनिति

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुँदैछ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो २ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन समितिले उम्मेदवारहरूसँग राष्ट्रिय सभा गृहमा छलफल गरेर उक्त मतदानको समय निर्धारण गरेको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २२ आश्विन २०८३, बिहीबार

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिरहेको छ। यसअघि बिहान १० बजे मतदान गर्ने भनिए पनि तयारी नपुगेको कारण देखाउँदै सुरुमा १ बजे र पछि पुनः समय सारेर २ बजे पुर्‍याइएको हो। मतदानको समय निर्धारण गर्ने सन्दर्भमा निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारहरूसँग विस्तृत छलफल गरेको थियो। समय बारम्बार परिवर्तन भए पनि महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि व्यग्र प्रतीक्षामा लाइनमा बसेका छन्। निर्वाचनको सम्पूर्ण तयारी अब अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।