logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

राजनिति

नेपाली कांग्रेस: गगन थापामाथि पार्टी एकता नगराएको किशोरसिंह राठौरको आरोप

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले महामन्त्री गगन थापाले पार्टी एकताका लागि पर्याप्त मिहिनेत नगरेको आरोप लगाएका छन्। हिमालय टीभीको यक्षप्रश्नमा कुरा गर्दै उनले थापाको प्रयास पर्याप्त नदेखिएको बताए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ आश्विन २०८३, बुधबार

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले महामन्त्री गगन थापामाथि पार्टी एकताका लागि पर्याप्त मिहिनेत नगरेको आरोप लगाएका छन्। हिमालय टीभीको ‘यक्षप्रश्न’ कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँग कुरा गर्दै उनले थापाले घनीभूत प्रयास गरेको नदेखिएको बताए।

राठौरले थापाले सभापति भएर टिकट वितरण गर्दा न्याय गर्न नसकेको र पार्टीलाई मर्यादित बनाउन नसक्ने दाबी गरे। थापाका कार्यकर्ताले गालीगलौज गरिरहेको उल्लेख गर्दै उनले यस्तो व्यवहार कम्युनिस्ट संस्कृति भएको र कांग्रेसको संस्कृति मिलाएर लैजाने प्रकृतिको रहेको टिप्पणी गरे। कांग्रेसको वास्तविक संस्कृति र मर्यादा पुनर्जागरण गर्ने आफ्नो योजना रहेको उनले स्पष्ट पारे।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।