एमाले स्थायी कमिटी बैठक आज बस्दै, विद्यादेवी भण्डारी पनि सहभागी हुने।
२२ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै छ। हालै केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ उपाध्यक्षमा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि उक्त बैठकमा पहिलो पटक सहभागी हुँदैछिन्।
सपना न्यौपाने
काठमाडौँ | २२ आश्विन २०८३, बिहीबार
२२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दै छ।
यस बैठकको मुख्य आकर्षण भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको छ। हालै सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो। राष्ट्रपति बन्नुअघि उनी पार्टीको उपाध्यक्ष थिइन् भने लामो समयको अन्तरालपछि सक्रिय राजनीतिमा फर्किएर वरिष्ठ उपाध्यक्षको रूपमा उनी पहिलोपटक एमालेको बैठकमा भाग लिन लागेकी हुन्।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वराष्ट्रपति तथा नवनियुक्त वरिष्ठ उपाध्यक्ष भण्डारी आजको स्थायी कमिटी बैठकमा सहभागी हुने औपचारिक जानकारी दिएका छन्।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
विनोद चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित
२३ आश्विन २०८३, शुक्रबार
नेपाली कांग्रेसको १५ औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान...
२२ आश्विन २०८३, बिहीबार
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि...
२२ आश्विन २०८३, बिहीबार
नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार बिहान ११...
२२ आश्विन २०८३, बिहीबार
हुथी आक्रमण बढेपछि साउदीले पाकिस्तान–टर्कीसँग मक्का सुरक्षा...
२१ आश्विन २०८३, बुधबार
नेपाली कांग्रेस: गगन थापामाथि पार्टी एकता नगराएको किशोरसिंह...