logo of PMS News Nepal

PMS News Nepal

२२ कार्तिक २०८१, बिहीबार

07 Nov 2024, Thursday

शिक्षा

जिल्लामै पहिलो पटक विद्यार्थी भिसामा दक्षिण कोरिया पठाउन सफल भयाे ब्राईट लुम्बिनी

लुम्बिनी लर्निङ्ग सेन्टर कोरियन र जापनीज भाषाको हव बन्दै गएको छ ।

भक्तिराम घिमिरे

कपिलवस्तु | १२ भाद्र २०८०, मंगलवार

शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल लाखौ विद्यार्थीहरुको रोजाई बन्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) कोरियन र जापनीज भाषाको हव बन्दै गएको छ । विक्रम संवत २०७१ सालमा स्थापना गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनले अर्को सफलता पाएको छ । उक्त संंस्थाले कोरियन भाषा अध्ययन गराई कपिलवस्तु जिल्लामै पहिलो पटक विद्यार्थी भिसामा दक्षिण कोरीया पठाएको छ ।

ब्राईट लुम्बिनीमा अध्ययनरत निस्ता गहतराजलाई कोरियन भाषा अध्यापन गराई सम्पुर्ण प्रक्रिया पुरा गरि विद्यार्थी भिसामा दक्षिण कोरिया पठाईएको प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीले विद्यार्थी भिसामा जिल्लामै पहिलो पटक दक्षिण कोरिया पठाउन सफल भएको दावि समेत गर्नुभयो ।

यता भाषा अध्ययनका साथै सम्पुर्ण प्रक्रिया पुरा गरिदिएकोमा निस्ता गहतराजले धन्यवाद दिंदै ब्राईट लुम्बनी गुणस्तरिय शैक्षिक गन्तब्य रहेको बताउनुभयो ।

 

बैदेशिक अध्ययन तथा रोजगारीमा जाने र मनग्गै पैसा कमाएर जिवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुको रोजाई बन्दै गएको छ । युवाहरुको सपना साकार पार्नका लागि उत्कृष्ट भाषा शिक्षक, भाषा शिक्षालय लगायत उचित वातावरणको आवश्यकत्ता पर्दछ ।
पछिल्लो समय कपिलवस्तु सहित देशैभरबाट बैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान, कोरिया लगायतका देशहरुमा जाने प्रबृत्ति बढ्दै गएको पाइन्छ ।

एसी, कुलरको सुविधा भएको अत्याधुनिक हलमा प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, अतिरिक्त कक्षाको व्यवस्था, पुराना, विपन्न तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

यस्तै, कपिलवस्तु सहित लुम्बिनी प्रदेशमै ब्रिजकोर्ष, जापानिज भाषा, कोरियन भाषा कक्षाहरु, पिटिई–आएल्स कक्षा सञ्चालन गर्दै बिद्यार्थीको रोजाईको केन्द्र ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. बन्दै गएको छ । लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले विगत १ दशक देखि बर्षदेखि निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ । यस शैक्षिक संस्थाले ईपिएस कोरियन भाषा अन्तर्गत शीप बिल्डिङ् विशेष कक्षा निरन्तर सञ्चालन गरिरहेको छ । हजारौको संख्यामा विद्यार्थीहरुले अध्ययन गरिरहेको यस संस्थामा शनिवार पनि कमाण्डो परिक्षा भईरहेको छ भने विद्यार्थीहरु उत्साहित भएका छन् ।
हरेक क्षेत्रमा प्रतिस्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने महान् उद्देश्यमा केन्द्रित छ; कपिलवस्तुको वाणगंगा नगरपालिका, जीतपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि (लुम्बिनी लर्निङ्ग सेन्टर) !

यस शैक्षिक संस्थाले बाणगंगामा मात्रै नभई जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको पाइन्छ । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि को स्थापना कालदेखि नै ठूला–ठूला बाधा अवरोधहरु पार गर्दै १ दशक यात्राको समयसम्म आई पुग्दा सफलताको उच्चतम् विन्दुमा पुग्न र पु–याउन सफल शैक्षिक संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।

ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं यस क्षेत्रमै सर्वोत्कृष्ट प्रशिक्षण केन्द्र बन्न सफल हुन थालेपछि यस क्षेत्रका अभिभावक मात्रै होइन, यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुसी देखिएका छन् । पुर्व–पश्चिम राजमार्ग तथा जीतपुर–तौलिहवाको सडक नजिकै रहेको यस प्रशिक्षण केन्द्रले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभई यो ठाउँको चहलपहललाई पनि निकै बढाएको छ ।

विभिन्न समुहमा गरि करिब १ हजार जना विद्यार्थीहरुले अध्ययन गर्ने यस प्रशिक्षण केन्द्रमा १० जना विभिन्न विषयका पुर्णकालिन प्रशिक्षक, २ जना लेखा कर्मचारी लगायत कार्यरत रहेको प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले बताउनुभयो । भाषा कक्षा सञ्चालन गर्दै आएको केन्द्रले थप नयाँ ब्यबस्थापनका साथमा चार नम्बर स्थित तौलिहवा रोडमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको निर्देशक क्षेत्रीले जानकारी दिनुभयो । साथै विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै पुरानो कार्यालय रहेको बुटवल रोडमा देउराली सदनमा रहेको कार्यालयबाट पनि सेवा दिईरहेको उहाँले बताउनुभयो । “दक्ष तथा अनुभवी प्रशिक्षक, उत्कृष्ट अध्ययन सामाग्री, कुशल सञ्चालक, अनुशासित, लगनशील तथा मिहेनती विद्यार्थीहरु र प्रतिष्ठित अभिभावकद्वारा नै हामी सफल भएका छौ ।” उहाँले भन्नुभयो ।

उच्च शिक्षा अध्ययन गर्दा विद्यार्थीलाई सुरुमा के पढ्ने, कुन–कुन किताब पढ्ने भन्ने कुराको राम्रो ज्ञान नहुने हुदाँ र बढ्दो प्रतिस्पर्धामा आफूलाई सक्षम गराउन तयारी कक्षाको अति नै आवश्यकता पर्ने क्षेत्रीको भनाइ छ । सो बारेमा विज्ञहरुबाट जानकारी तथा परामर्शको व्यवस्थाको साथ के अध्ययन गर्ने ? कुन विषय अध्ययन गर्ने ? कस्तो विषय अध्ययन गर्दा बढी भन्दा बढी अवसर प्राप्त हुन्छ लगायतका अन्य थुप्रै जिज्ञासाहरु मेटाउने उदेश्यले उच्च शिक्षा गोष्ठी समेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

पछिल्लो समयको द्रुत विकासका कारण दिनप्रतिदिन साघुँरिदै गएको वर्तमान परिवेशमा सफल जीवन जिउनका निमित्त वहुभाषित हुनु र सूचना प्रविधिका न्यूनतम जानकारी राख्नु सबैका लागि अनिवार्य आवश्यकता भइसकेको प्रशिक्षण केन्द्रका कोरियन भाषा विभाग प्रमुख महेश आचार्यले बताउनुभयो । स्थानीय निकायले पनि केन्द्रलाई व्यवस्थित गर्ने सन्दर्भमा आवश्यक पहललाई निरन्तरता दिनुपर्ने आचार्यले बताउँनुभयो ।

यता, प्रशिक्षण केन्द्रले हरेक बर्ष कोरियन र जापनीज भाषाको परिक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान र आगन्तुक विद्यार्थीहरुलाई नियमित स्वागत कार्यक्रमलाई समेत निरन्तरता दिईरहेको छ ।

ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले कोरियन, जापनिज लगायत विभिन्न भाषा, पि.टि.आयल्सका कक्षा, लोक सेवा तथा शिक्षक सेवाका कक्षा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवी प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् । 

 

 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।