महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला
महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान र एक स्थानीयको शव तीन दिनपछि फेला परेको छ। शव फरक स्थानमा भेटिएको प्रहरीले जनाएको छ।
Aarati Bogati
कन्चनपुर | १८ जेष्ठ २०८३, सोमबार
महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ। परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीमा हराएका सशस्त्र प्रहरी बलको बिओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव भेटिएको प्रहरीले जनाएको छ। तीर्थबहादुरको शव परिगाउँस्थित कल्पठ्ठेथान नजिक नदी किनारमा फेला परेको हो भने जवान पुनको शव कञ्चनपुरको ब्रह्मदेव पारी भारतको टनकपुर क्षेत्रस्थित नदी किनारमा भेटिएको हो। गत शुक्रबारदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको थियो। शव परीक्षणको तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
थप समाचार
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते
४ मंसिर २०८२, बुधबार
भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
१४ जेष्ठ २०८३, बिहीबार
झापाको बाह्रदशीमा शक्तिशाली हावाहुरीका कारण करोडौँको केरा खे...
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने