logo of PMS News Nepal

PMS News Nepal

२२ जेष्ठ २०८३, शुक्रबार

05 Jun 2026, Friday

विविध

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ परे

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ परेका छन्। भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ।

फाइल तस्बिर

Aarati Bogati

सुन्धारा | १८ जेष्ठ २०८३, सोमबार

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार प्रतिवादी ४५ वर्षीय मानबहादुर बम्जन पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनी २०८२ भदौ २४ गते आन्दोलनका क्रममा फरार भएका थिए। बम्जनले २०७७ माघ २२ गते सिन्धुली मरिण गाउँपालिका–३ मथौलीमा आफ्नै दाजु चेतबहादुर बम्जनलाई बन्चरो र खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुली जिल्ला अदालतबाट २०८० असोज १७ गते जन्मकैद सजाय पाएका थिए। स्थायी घर सिन्धुली मरिण–३ रहेका उनी हाल भक्तपुर सूर्यविनायक–६ सुन्दरबस्ती बस्दै आएका थिए। उनलाई २०८३ जेठ १४ गते भक्तपुरबाट पक्राउ गरी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।