शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २७ बैशाख २०८३, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा आयोजित शिक्षकहरूको पेशागत क्षमता विकास तालिम कार्यक्रम होटल पौवामा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल गोविन्द खनाल ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बुद्धभूमि नगरपालिका–४ का वडा अध्यक्ष सुशिल कुमार चौधरी सहभागी हुनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्रशिक्षक डी. आर. दाहाल ले बालमैत्री शिक्षा विधि, प्रभावकारी अध्यापन शैली, विद्यालयको संस्कार, खेल्दै पढ्दै सिकाइ प्रक्रिया तथा व्यवहारिक शिक्षालगायत विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले समयअनुसार शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी केन्द्रित शिक्षाले मात्रै गुणस्तरीय सिकाइ सम्भव हुने बताउनुभयो।
प्रमुख अतिथि सुशिल कुमार चौधरीले शिक्षकको क्षमता विकास बिना गुणस्तरीय शिक्षा सम्भव नहुने बताउँदै यस्ता तालिमले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले शिक्षासँगै संस्कार र व्यवहारिक ज्ञानलाई जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विद्यालयका प्रवन्ध निर्देशक कृष्ण प्रसाद भट्टराई ले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक विरेन्द्र यादव ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिमपछि सहभागी शिक्षक–शिक्षिकाहरूले कार्यक्रमबाट नयाँ ज्ञान र शिक्षण सीप सिक्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकेका विधि आगामी दिनमा कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२२ आश्विन २०८३, बिहीबार
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई...
१२ आश्विन २०८३, सोमबार
आदर्श इङ्लिस बोर्डिङ स्कुलमा प्राथमिक उपचार तथा रोगसम्बन्धी...
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...