logo of PMS News Nepal

PMS News Nepal

१० कार्तिक २०८३, सोमबार

26 Oct 2026, Monday

शिक्षा

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई अब स्वायत्त बनाइने भएको छ।

२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया थालेको छ। अब अनलाइन भुक्तानी तथा मार्कसिट र ट्रान्सक्रिप्ट वितरणजस्ता सेवाहरू प्रादेशिक कार्यालयबाटै अझ सहज रूपमा उपलब्ध गराइनेछ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २२ आश्विन २०८३, बिहीबार

त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया अगाडि बढाएको छ। त्रिविको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रजिस्ट्रार प्रा. डा. रबिन्द्र शिवाकोटीले प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने काम सुरु भइसकेको जानकारी दिएका हुन्।

सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत अनलाइन भुक्तानी, मार्कसिट र ट्रान्सक्रिप्ट वितरण प्रादेशिक कार्यालयबाटै सहज रूपमा उपलब्ध गराइनेछ। साथै, कर्मचारीहरूको क्षमता अभिवृद्धि, सेमेस्टर प्रणालीका परीक्षाहरूको समन्वय, पूर्वाधार निर्माण र मानव संसाधन व्यवस्थापनलाई व्यवस्थित गरिएको छ। विश्वविद्यालयका सबै तहका परीक्षाका प्रश्नपत्रहरू अनलाइन विधिबाट परीक्षा केन्द्रसम्म पुर्‍याउने प्रणाली सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।