logo of PMS News Nepal

PMS News Nepal

१० कार्तिक २०८३, सोमबार

26 Oct 2026, Monday

विविध

बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीद्वारा राहत कोषमा ४५ लाख सहयोग।

२३ असोज, काठमाडौं । रसुवा-त्रिशूली-भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३ सय ५३ रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २३ आश्विन २०८३, शुक्रबार

रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३ सय ५३ रुपैयाँ सहयोग गरेका छन्। यसअघि बैंकले सोही क्षेत्रका बाढीपीडितका लागि ३ करोड रुपैयाँ र गृह मन्त्रालयलाई ३९ लाख बराबरका ड्रोन र जेनेरेटर जस्ता राहत सामग्री प्रदान गरिसकेको छ। कर्मचारीहरूको यो योगदानले विपद्का समयमा मानवीय संवेदना र सामाजिक एकतालाई थप मजबुत बनाएको बैंकले जनाएको छ। यो रकमले राहत र पुनर्स्थापना कार्यमा टेवा पुग्ने विश्वास लिइएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।