आदर्श इङ्लिस बोर्डिङ स्कुलमा प्राथमिक उपचार तथा रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १२ आश्विन २०८३, सोमबार
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित आदर्श इङ्लिस बोर्डिङ स्कुलले प्राथमिक उपचार तथा रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
एन्जल फाउन्डेसन शाखा कार्यालय गोरुसिङ्गे, कपिलवस्तुको प्राविधिक सहयोग तथा आदर्श इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा उक्त कार्यक्रम ११ गते लुम्बिनी ढावामा सम्पन्न भएको हो।
विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद भट्टराईको अध्यक्षता तथा बुद्धभूमि नगरपालिका–४ का वडा अध्यक्ष सुशीलकुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पिताम्बर आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट आयुषमा भट्टराई, मनिषा भण्डारी र कृष्ण चौधरीको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मी थापाले व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रिन्सिपल गोविन्द खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा १५० भन्दा बढी अभिभावकको सहभागिता रहेको थियो। सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी तथा सुझाव प्रदान गर्नुका साथै प्राथमिक उपचार र विभिन्न रोगसम्बन्धी विशेष सचेतना तथा तालिमसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममार्फत अभिभावक तथा सहभागीहरूलाई सामान्य स्वास्थ्य समस्या पहिचान, प्राथमिक उपचारका आधारभूत उपाय तथा रोगबाट बच्ने सावधानीका विषयमा जानकारी दिइएको थियो।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
गोरखामा पहिरोमा फसेका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२२ आश्विन २०८३, बिहीबार
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई...
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...