logo of PMS News Nepal

PMS News Nepal

२२ जेष्ठ २०८३, शुक्रबार

05 Jun 2026, Friday

विविध

सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम

केही दिनयता उतारचढाव देखिएको सुनको मूल्य आइतबार एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार सुन प्रतितोला तीन लाख ११ हजार १०० पुगेको छ।

फाइल तस्बिर

Aarati Bogati

नेपाल | १७ जेष्ठ २०८३, आईतवार

विगत केही दिनदेखि उतारचढाव भइरहेको सुनको मूल्य आइतबार एकैदिन ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ११ हजार १०० पुगेको हो। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन र सेतो धातुको मूल्य वृद्धिसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको बताइएको छ। बढ्दो मूल्यले उपभोक्ता, लगानीकर्ता तथा सुन व्यवसायीहरूलाई प्रत्यक्ष असर पारेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।