logo of PMS News Nepal

PMS News Nepal

११ कार्तिक २०८३, मंगलवार

27 Oct 2026, Tuesday

विविध

वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह।

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | ११ कार्तिक २०८३, मंगलवार

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले ताकेता गरेको छ।

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका तर फरार रहेका व्यक्तिहरूलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन निर्देशन दिएको हो। तोकिएको अवधिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम थप कानुनी कारबाही अघि बढाइने विभागले जनाएको छ।

साथै, सम्पर्कमा नआउने व्यक्तिहरूको बैंक खाता तथा यात्रा अनुमति (राहदानी) रोक्का गर्नेसहितका कडा कानुनी कदम चालिने चेतावनी दिइएको छ। फरार आरोपीहरूलाई कानुनी प्रक्रियामा ल्याउन विभागले यो कदम चालेको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।