logo of PMS News Nepal

PMS News Nepal

११ कार्तिक २०८३, मंगलवार

27 Oct 2026, Tuesday

विविध

अभिनेत्री रश्मिका र विजय देवरकोंडाको सम्बन्धमा उठेका प्रश्न र ट्रोलिङको जवाफ।

कात्तिक १० काठमाडौँ। हालै ‘कफी विथ करण ९’ मा सँगै पुगेर आफ्नो सम्बन्ध र विवाहबारे खुलाएका अभिनेत्री रश्मिका मन्दाना र विजय देवरकोंडाले सामाजिक सञ्जालमाथि उठेका प्रश्न र भइरहेको ट्रोलिङको छुट्टाछुट्टै पोस्टमार्फत कडा जवाफ दिएका छन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | ११ कार्तिक २०८३, मंगलवार

हालै टेलिभिजन कार्यक्रम ‘कफी विथ करण ९’ मा विवाहबारे गरिएको हल्का र रमाइलो कुराकानीलाई लिएर अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोंडा सामाजिक सञ्जालमा ट्रोलिङको शिकार भएका थिए। केही प्रयोगकर्ताले विजयको व्यवहारमा प्रश्न उठाउँदै रश्मिकालाई सम्बन्धबाट बाहिरिन समेत सल्लाह दिएका थिए।

त्यस्ता अनावश्यक टिप्पणी र नमागिएका सल्लाहहरूको कडा प्रतिवाद गर्दै रश्मिकाले आफूहरू एकअर्काप्रति खुसी र समर्पित रहेको स्पष्ट पारेकी छन् भने विजयले पनि इन्स्टाग्राममार्फत उनीहरू अत्यन्त खुसी रहेको र एकअर्कालाई पाएकोमा भाग्यमानी महसुस गरेको बताएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।