काठमाडौँको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
काठमाडौँको विश्राम गेस्ट हाउसबाट अवैध लागुऔषध ब्राउन सुगरसहित पाँचथरका ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सपना न्यौपाने
काठमाडौँ | ११ कार्तिक २०८३, मंगलवार
काठमाडौँको कोटेश्वर (महानगरपालिका-३२) स्थित विश्राम गेस्ट हाउसबाट १ सय २० ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फालेलुङ-५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार गए राति गेस्ट हाउसको कोठाबाटै ब्राउन सुगर बिक्रीवितरण गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बिक्रीका लागि राखिएको ठूलो मात्राको ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
थप समाचार
११ कार्तिक २०८३, मंगलवार
सुदूरपश्चिमको प्रमुख पर्यटकीय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जम...
११ कार्तिक २०८३, मंगलवार
बेनी बजारमा बाढीपहिरोले खानेपानी पाइपलाइनमा क्षति पुग्दा खान...
११ कार्तिक २०८३, मंगलवार
वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका व्यक्तिहर...
११ कार्तिक २०८३, मंगलवार
अभिनेत्री रश्मिका र विजय देवरकोंडाको सम्बन्धमा उठेका प्रश्न...
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
११ कार्तिक २०८३, मंगलवार
दशैं अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजारभन्दा बढी वि...
११ कार्तिक २०८३, मंगलवार
चितवनको धारापानीमा ट्रक, बस र माइक्रो ठक्कर खाँदा ११ घाइते।