दशैं अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजारभन्दा बढी विदेशी पर्यटक।
यस वर्षको दशैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा ५,३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २,६२७ ले बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ।
सपना न्यौपाने
काठमाडौँ | ११ कार्तिक २०८३, मंगलवार
दसैँ अवधिमा (घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म) चक्रीय अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत वर्षको सोही अवधिमा २ हजार ७५७ पर्यटक मात्र आएका थिए, जसले यस वर्ष २ हजार ६२७ ले वृद्धि भएको देखाउँछ।
मनास्लु पदमार्गमा बाढीपहिरोले पुर्याएको क्षति, अनुकुल मौसम र घुमफिरप्रतिको बढ्दो आकर्षणका कारण पर्यटक आगमन बढेको हो। यस, पदमार्गमा सबैभन्दा बढी भारत, जर्मनी, इजरायल, फ्रान्स र अमेरिकाबाट पर्यटक आएका छन्। लमजुङको बेँसीसहरबाट सुरु भएर मनाङ, थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ पुग्ने यो पदमार्ग विदेशीमाझ अत्यन्त लोकप्रिय छ।
थप समाचार
११ कार्तिक २०८३, मंगलवार
सुदूरपश्चिमको प्रमुख पर्यटकीय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जम...
११ कार्तिक २०८३, मंगलवार
बेनी बजारमा बाढीपहिरोले खानेपानी पाइपलाइनमा क्षति पुग्दा खान...
११ कार्तिक २०८३, मंगलवार
वैदेशिक रोजगार विभागद्वारा पक्राउ पुर्जी जारी भएका व्यक्तिहर...
११ कार्तिक २०८३, मंगलवार
चितवनको धारापानीमा ट्रक, बस र माइक्रो ठक्कर खाँदा ११ घाइते।
११ कार्तिक २०८३, मंगलवार
काठमाडौँको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेक...
११ कार्तिक २०८३, मंगलवार
अभिनेत्री रश्मिका र विजय देवरकोंडाको सम्बन्धमा उठेका प्रश्न...