logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

विविध

जापान पठाइदिन्छु भन्दै ठग्ने एक जना पक्राउ

काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।

फाइल तस्बिर

PMS NEWS NEPAL

काठमाण्डौ | १९ पुष २०८०, बिहीबार

काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।

भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो ।

उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ मागेका थिए । तर पीडितहरूबाट पटक पटक गरी छ लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।