logo of PMS News Nepal

PMS News Nepal

११ श्रावण २०८३, सोमबार

27 Jul 2026, Monday

खेलकुद

बुद्धभुमि नगर खेलकुद विकास समितिको अध्यक्षमा यम प्रताप थापा

कपिलवस्तु

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | २५ मंसिर २०८०, सोमबार

बुद्धभुमि नगर खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी यम प्रताप थापाले पाएका छन  । 

 बुद्धभुमि नगरको खेलकुद विकास गर्न गठित ११ सदस्यीय नगर खेलकुद समितिलाई बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेस्ठले मनोनित पत्र प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन, । 
कार्यक्रममा नगर प्रमुख श्रेस्ठले बुद्धभुमि खेलकुदलाई संस्थागत गर्नुपर्ने बताए । उनले खेलकुदको प्रष्ट कानुन तथा कार्यविधि अभावले गर्दा नगरस्तरीय खेलकुद विकास समिति गठन गर्न ढिला भए पनि समिति गठन गरेको बताए । श्रेस्ठले खेलकुदले नै युवा शक्ति एकीकृत गर्न मद्दत पुग्ने र नगरको वार्षिक बजेटमा खेलकुदको लागि बजेट व्यवस्था गर्ने समेत बताए ।

 नवनियुक्त अध्यक्ष थापाले नगरपालिकाले आफुलाई दिएको जिम्मेवारी बहन गर्ने, खेलकुदको विकासलाई अगाडि बढाउदै युवाहरुलाई खेल खेल्न प्रोत्साहन तथा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकाछन, ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।