logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८३, आईतवार

25 Oct 2026, Sunday

स्वास्थ्य

पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन्

पर्वतको जलजला–७ लामाबगरमा सुक्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका छन्। पहिरोबाट घरमा ठूलो क्षति पुगेको छ।

फाइल तस्बिर

बिनिता परियार

पर्वत | १३ आश्विन २०८३, मंगलवार

पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा आज बिहान साढे ५ बजे सुक्खा पहिरो जाँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका छन्।

ढुङ्गा–माटोसहित खसेको पहिरोले घर पुरिँदा उनी भित्रै च्यापिएका थिए। स्थानीय र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि म्याग्दीस्थित बेनी अस्पताल पठाएको छ।

प्रहरीका अनुसार पहिरोमा परी उनको टाउको र आँखाको माथिल्लो भागमा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको छ। वर्षा बिना नै एक्कासि खसेको सुक्खा पहिरोले घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।