logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८३, आईतवार

25 Oct 2026, Sunday

स्वास्थ्य

नातेदारको पास्नीमा गएका यज्ञबहादुर असोज ५ गतेदेखि बेपत्ता भएका छन्।

असोज ५ गते नातेदारको पास्नीभोजमा भएको विवादका क्रममा कुटपिटबाट यज्ञबहादुरको ज्यान गएको थियो। हत्यापछि घटना लुकाउन शव भीरबाट फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरीले जनाएको छ।

फाइल तस्बिर

बिनिता परियार

कैलाली | १२ आश्विन २०८३, सोमबार

कैलालीको चुरे गाउँपालिका–१ निगालीमा असोज ५ गते नातेदारको पास्नीभोजमा भएको विवादका क्रममा कुटपिटबाट स्थानीय ५२ वर्षीय यज्ञबहादुर बोहराको ज्यान गएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनका क्रममा श्रीमतीलाई गाली गरेको विषयमा विवाद हुँदा मानबहादुर बोहराले यज्ञबहादुरलाई कुटपिट गरेका थिए। कुटपिटपछि अचेत भएका यज्ञबहादुरको सोही राति मृत्यु भएको थियो। घटना लुकाउन शवलाई भीरबाट खसालेर लडेको जस्तो देखाउन खोजिएको थियो।

बेपत्ता बोहराको शव तुलिखेत जंगलको भीरमा फेला परेपछि प्रहरीले पास्नीमा सहभागी घरमूली धनबहादुर बोहरासहित आठ जनालाई पक्राउ गरेको छ। मृतकका छोराको जाहेरीका आधारमा पक्राउ परेका सबैविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डीएसपी हिरा सिंह महराले जानकारी दिए। केही अभियुक्तले घटना लुकाउन शव भीरमा फालेको स्वीकार गरेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।