सजाय, सामाजिक अवस्था र पशुमाथिको क्रूरताको गम्भीरता विचार गर्नुपर्छ
सजाय, वर्तमान सामाजिक परिवेश र पशुमाथिको क्रूरताको गम्भीरता ध्यानमा राख्नुपर्छ। विष हाल्ने, काट्ने, तातोपानी खन्याउने वा मार्ने जस्ता पशु हिंसाका घटना दैनिक रूपमा सामाजिक सञ्जालमा देखिने गरे पनि पर्दापछाडिका क्रूरताको लेखाजोखा नै छैन
बिनिता परियार
नेपाल | ७ आश्विन २०८३, बुधबार
नेपालमा विष दिने, तातोपानी खन्याउने जस्ता पशु क्रूरताका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। सामाजिक सञ्जाल र अभियन्ताको चर्को दबाबपछि मात्र प्रहरीले उजुरी लिने र पक्राउ गर्ने गरे पनि कारबाहीको अन्तिम परिणाम सार्वजनिक हुँदैन।
मुलुकी अपराध संहिता, २०७४ अनुसार गाई-गोरुबाहेक अन्य पशुमाथि क्रूरता गरेमा अधिकतम ३ महिना कैद वा ५ हजार रुपैयाँसम्म जरिवानाको फितलो व्यवस्था छ। ‘सम्म’ भन्ने शब्दका कारण १ दिनको कैद वा ५ रुपैयाँ मात्र जरिवाना तोकिएर दोषीहरू सजिलै छुट्ने गर्छन्।
तसर्थ, आजको सामाजिक अवस्थाअनुसार कानुन परिमार्जन गरी कडा सजायसहितको ‘पशु कल्याण ऐन’ जारी गर्नुपर्छ। साथै, प्रहरीले गम्भीर अनुसन्धान गर्ने र सरकारले सचेतना फैलाउनु आवश्यक छ।
थप समाचार
२२ आश्विन २०८३, बिहीबार
नाना पाटेकरको 'कार्डियाक अरेस्ट'बाट निधन, के हो यो स्वास्थ्य...
२० आश्विन २०८३, मंगलवार
सल्यानमा फैलियो स्क्रब टाइफस, सोमबार एकै दिन ५६ संक्रमित थपि...
१६ आश्विन २०८३, शुक्रबार
सल्यानमा स्क्रब टाइफसले ९ को मृत्यु; बच्न पूरा कपडा र किटनाश...
१३ आश्विन २०८३, मंगलवार
पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन्
१२ आश्विन २०८३, सोमबार
नातेदारको पास्नीमा गएका यज्ञबहादुर असोज ५ गतेदेखि बेपत्ता भए...
६ आश्विन २०८३, मंगलवार
कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ...