logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८३, आईतवार

25 Oct 2026, Sunday

स्वास्थ्य

कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परे।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिर क्षेत्रबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित हेमराज जोशी र महेशप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

फाइल तस्बिर

बिनिता परियार

कञ्चनपुर | ६ आश्विन २०८३, मंगलवार

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित गौरीशंकर मन्दिर परिसरबाट प्रहरीले १५.६७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको टोलीले कृष्णपुर–२ का ३१ वर्षीय हेमराज जोशी र भीमदत्त–६ का ४२ वर्षीय महेशप्रसाद भट्टलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार साँझ पक्राउ परेका उनीहरूको साथबाट लागूपदार्थका साथै उनीहरूले प्रयोग गरेको सुपप्र०१ ००८प ६३४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरिएको छ। अवैध लागूपदार्थ कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।