logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८३, आईतवार

25 Oct 2026, Sunday

स्वास्थ्य

सल्यानमा फैलियो स्क्रब टाइफस, सोमबार एकै दिन ५६ संक्रमित थपिए

सल्यानमा साउनदेखि फैलिएको स्क्रब टाइफस नियन्त्रणमा आउन सकेको छैन। सचेतना र सावधानीको अभावले संक्रमण बढ्दा दार्मा र छत्रेश्वरीमा ९ जनाको मृत्यु भइसकेको छ भने सोमबार मात्रै थप ५६ नयाँ संक्रमित भेटिएका छन्।

फाइल तस्बिर

बिनिता परियार

सल्यान | २० आश्विन २०८३, मंगलवार

सल्यान। सल्यानमा साउनदेखि फैलिएको स्क्रब टाइफस नियन्त्रणमा नआउँदा दार्मा र छत्रेश्वरीमा ९ जनाको मृत्यु भएको छ। विशेषज्ञसहितको टोलीले उपचार र अनुसन्धान जारी राखे पनि जनस्वास्थ्य सचेतनाको अभाव र सावधानी नअपनाउँदा संक्रमण फैलिरहेको छ। सोमबार मात्रै थप ५६ जनामा संक्रमण पुष्टि भएको छ।

२,५०० जनामा परीक्षण गर्दा जिल्लाभर हालसम्म ६०६ जना संक्रमित भेटिएका छन्। किर्नाले टोक्ने यो रोगबारे टेकुस्थित रोग नियन्त्रण महाशाखाको टोलीले समेत अध्ययन गरिरहेको छ। बिरामीहरू समयमै स्वास्थ्य संस्था नगई मेडिकलका कडा औषधि प्रयोग गर्दा जोखिम बढेको हो। हाल स्वास्थ्य सेवा कार्यालय र पालिकाहरूले खोजपडताल, निःशुल्क शिविर, उपचार र सचेतना अभियानलाई थप तीव्र बनाएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।