कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १५ माघ २०८२, बुधबार
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा क्षेत्रीय प्रचार–प्रसार समिति गठन गरिएको छ । तौलिहवास्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला भेलाले क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
भेलाले कांग्रेसका आधिकारिक उम्मेदवार सुरेन्द्रराज आचार्यलाई विजयी गराउन सबै तहका नेता–कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । सो अवसरमा सभापति श्रेष्ठले केही नयाँ दलहरूले मधेसको भावनालाई प्रयोग गरी भ्रम फैलाउन खोजे पनि कांग्रेस सधैं मधेसको हित र अधिकारका पक्षमा उभिएको बताए । उनले मधेसी समुदायबाटै रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएको उदाहरण प्रस्तुत गरे ।
श्रेष्ठले चर्चाका आधारमा मात्र नेतृत्व सम्भव नहुने उल्लेख गर्दै अनुभवी र परिपक्व नेतृत्व आवश्यक रहेको बताए । पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएपछि कांग्रेसप्रति देशभर सकारात्मक माहोल बनेको दाबी गर्दै उनले लोकतन्त्र, सुशासन र विकासका लागि कांग्रेसलाई मतदान गर्न अपिल गरे ।
कार्यक्रममा जिल्ला सभापति अब्दुल कलाम, नगर सभापति खुर्सेद अहमद खाँलगायत नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
थप समाचार
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...