logo of PMS News Nepal

PMS News Nepal

२२ जेष्ठ २०८३, शुक्रबार

05 Jun 2026, Friday

राजनिति

‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कांग्रेस एकतामा जोड

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ११ माघ २०८२, शनिबार

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावका रूपमा घोषणा गरेका छन्। शनिबार कपिलवस्तुमा आयोजित पार्टी बैठकलाई सम्बोधन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका आचार्यले आफू र अतहर कमाल मुसलमानका लागि यो चुनाव अन्तिम भएको स्पष्ट पारेका हुन्।

 

आचार्यले राजनीतिमा धैर्यता र पार्टी अनुशासनको महत्व औंल्याउँदै कपिलवस्तु क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्मालाई पार्टीको आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमानलाई समर्थन गर्न आग्रह गरे। उनले पार्टी एकता कमजोर हुँदा परिणाममा असर पर्ने भन्दै सबैलाई साझा लक्ष्यतर्फ उन्मुख हुन आह्वान गरे।

 

नेपाली कांग्रेसले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ। पार्टीका अनुसार क्षेत्र नं. १ मा अतहर कमाल मुसलमान, क्षेत्र नं. २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाह उम्मेदवार रहेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।