‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कांग्रेस एकतामा जोड
-
भक्तिराम घिमिरे
कपिलवस्तु | ११ माघ २०८२, शनिबार
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावका रूपमा घोषणा गरेका छन्। शनिबार कपिलवस्तुमा आयोजित पार्टी बैठकलाई सम्बोधन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका आचार्यले आफू र अतहर कमाल मुसलमानका लागि यो चुनाव अन्तिम भएको स्पष्ट पारेका हुन्।
आचार्यले राजनीतिमा धैर्यता र पार्टी अनुशासनको महत्व औंल्याउँदै कपिलवस्तु क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्मालाई पार्टीको आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमानलाई समर्थन गर्न आग्रह गरे। उनले पार्टी एकता कमजोर हुँदा परिणाममा असर पर्ने भन्दै सबैलाई साझा लक्ष्यतर्फ उन्मुख हुन आह्वान गरे।
नेपाली कांग्रेसले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ। पार्टीका अनुसार क्षेत्र नं. १ मा अतहर कमाल मुसलमान, क्षेत्र नं. २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाह उम्मेदवार रहेका छन्।
थप समाचार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समा...
२० भाद्र २०८२, शुक्रबार
लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
२८ श्रावण २०८२, मंगलवार
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
१० श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थल...
२६ आश्विन २०८३, सोमबार
विनोद चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित
२३ आश्विन २०८३, शुक्रबार
नेपाली कांग्रेसको १५ औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान...
२२ आश्विन २०८३, बिहीबार
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि...
२२ आश्विन २०८३, बिहीबार
नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार बिहान ११...
२२ आश्विन २०८३, बिहीबार
हुथी आक्रमण बढेपछि साउदीले पाकिस्तान–टर्कीसँग मक्का सुरक्षा...
२२ आश्विन २०८३, बिहीबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै, विद्यादेवी भण्डारी पनि सहभ...