भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको नगद सहयोग
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १६ भाद्र २०८३, मंगलवार
भोटेकोसी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित तथा मृतक परिवारका लागि होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले राहतस्वरूप २८ हजार ५ सय ७७ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
बाढीपहिरोका कारण प्रभावित परिवारलाई केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले संघका पदाधिकारी तथा सदस्यहरूबाट उक्त रकम संकलन गरिएको संघका अध्यक्ष पदम ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको हो।
संघले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको जनाएको छ। संघका अध्यक्ष ढकालले विपद्का कारण दुःखमा परेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
राहत संकलनमा पदम ढकाल ५ हजार १ सय ५०, हरि खनाल १ हजार ५ सय, लक्ष्मण न्यौपाने १ हजार ५ सय, हुमनाथ पौडेल २ हजार १ सय ७, सिमकुमार श्रेष्ठ ५ हजार, वैकुण्ठ बेल्बासे २ हजार ५ सय ५, श्रीधर आचार्य ५ हजार १ सय, मोहन पाण्डे १ हजार ५ सय ५५, श्रीजना गैरे १ हजार १ सय ५५, कमला आचार्य ५ सय ५०, लेखनाथ घर्ती १ हजार ५ सय र हरिनारायण बेल्बासे १ हजार ५ सय ५ रुपैयाँ योगदान रहेको छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको कार्यसमितिमा अध्यक्ष पदम ढकाल, महासचिव लक्ष्मण न्यौपाने, उपाध्यक्ष वैकुण्ठ बेल्बासे, कोषाध्यक्ष हुमनाथ पौडेल र सचिव सिमकुमार श्रेष्ठ रहनुभएको छ।
संघले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्य गर्दै जाने जनाएको छ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
१४ भाद्र २०८३, आईतवार
सप्तकोशी नदीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २२ ढोका खोलिए
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक