जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता परिवर्तन
शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाले गरेको दुईदिने विद्रोहले दशकौँदेखि सत्ता चलाउँदै आएका दल र नेताहरूलाई विस्थापित गर्यो। नेपालको राजनीतिक इतिहासमा यो आन्दोलन अभूतपूर्व मानिएको छ।
बिनिता परियार
नेपाल | २३ भाद्र २०८३, मंगलवार
शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाले गरेको दुईदिने विद्रोह नेपालको राजनीतिक इतिहासमै अभूतपूर्व बन्यो। वर्षौंदेखि शासनमा रहेका दल र नेताहरूलाई एकैपटक सत्ताबाट हटाउने आन्दोलनले नेतातन्त्रविरुद्ध व्यापक जनआक्रोश देखायो। आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनबीचको हिंसात्मक झडपमा ७६ जना निहत्था नागरिकको ज्यान गयो भने सयौं घाइते भए। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा राष्ट्रपति कार्यालयका मुख्य भवनमा आगजनी र तोडफोड भयो। प्रहरी चौकीमा आगो लगाइयो, हतियार र बर्दी खोसिए तथा नेताहरूका घरमा पनि आक्रमण भयो। गोली प्रहार, जलेका एम्बुलेन्स र उद्धारमा देखिएको अवरोधले केही समय राज्यविहीनताजस्तो भयावह अवस्था सिर्जना भयो। इतिहासमा विरलै देखिएको यस घटनाका महत्वपूर्ण दृश्यहरू क्यामेरामा कैद भएका छन्। यो आन्दोलनले देशको राजनीतिक शक्ति सन्तुलन नै बदलिदियो।
थप समाचार
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीमा बेपत्ता १ हजार २५२ जनाको शव फेला परेको छ
१५ भाद्र २०८३, सोमबार
बाढीपीडितका लागि बुद्धभूमिका विद्यार्थीले जुटाए राहत रकम
१४ भाद्र २०८३, आईतवार
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास तीव्र, ब्ला...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२२ भाद्र २०८३, सोमबार
बाढी प्रभावित रसुवामा अधिकांश क्षेत्रमा वर्ल्डलिंकको इन्टरने...