logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

सप्तकोशी नदीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २२ ढोका खोलिए

सुनसरीस्थित सप्तकोशी नदीमा लगातारको वर्षाका कारण पानीको बहाव तीव्र रूपमा बढेको छ। जलसतह बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

फाइल तस्बिर

कुमारी तिवारी

कोशी ब्यारेज, सुनसरी | १४ भाद्र २०८३, आईतवार

लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएको जानकारी सार्वजनिक भएको छ।
कोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेज आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सार्वजनिक तस्बिरहरूमा नदीको बहाव अत्यन्त तीव्र र ठूलो मात्रामा देखिएको छ। ब्यारेज क्षेत्रका संरचना तथा आसपासका विद्युत् पोलहरू समेत बाढीको पानीले घेरिएको देखिन्छ।
जलसतह थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै कोशी नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ। नदी किनारमा अनावश्यक रूपमा नजान, जोखिमयुक्त स्थानमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनालाई पालना गर्न अनुरोध गरिएको छ।

 वर्षा जारी रहेमा नदीको बहाव अझ बढ्न सक्ने भएकाले सबैले आवश्यक सावधानी अपनाऔँ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।