आजको मौसम: देशभर साधारणतया बदली रहने
आज देशभरको मौसम साधारणतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी लगायत विभिन्न प्रदेशका हिमाली क्षेत्रमा वर्षा वा हिमपात र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
बिनिता परियार
देश | २ आश्विन २०८३, शुक्रबार
आज देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा वर्षा तथा हिमपात र पहाडी भू-भागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्छ। साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ।
रातिको समयमा देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना कायम रहनेछ। मधेश तथा अन्य प्रदेशका तराई भेगमा आंशिक बदली भई केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
थप समाचार
२ आश्विन २०८३, शुक्रबार
कोशीका स्टार्टअप उद्यमी छनोट भए, तर बिउ पूँजी पाउन सकेनन्
५ भाद्र २०८३, शुक्रबार
रोल्पा पहिरोपछि राहतमा ढिलाइ, विस्थापित परिवार स्वास्थ्य चौक...
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु