श्री जुरपानी सामुदायिक वनको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २८ आश्विन २०८३, बुधबार
श्री जुरपानी सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि १ कपिलवस्तुको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। असोज २४ गते कुन्द्रा सामुदायिक वनको भवनमा सम्पन्न सभाले सालिकराम शर्माको नेतृत्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको छ।
समूहका अध्यक्ष सालिकराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेत, सबडिभिजन वन कार्यालय बडहराका वरिष्ठ वन अधिकृत मुसाफिर भगत तथा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घकी केन्द्रीय अध्यक्ष रेणु सेन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घ कपिलवस्तुका जिल्ला वरिष्ठ उपाध्यक्ष निलकुमार श्रेष्ठलगायत समाजसेवी, बुद्धिजीवी तथा छिमेकी सामुदायिक वनका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
सभामा समूहकी सचिव सरिता खनालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष कमला पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन समूहका सहसचिव नवीन थारुले गरेका थिए।
कार्यक्रमका अवसरमा सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न लक्षित वर्गलाई सहयोगसमेत गरेको छ। १६ जना सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त खाद्य सामग्रीअन्तर्गत अण्डा र घिउ वितरण गरिएको थियो। त्यसैगरी ३६ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खाना वितरण गरिएको थियो।
यसैगरी मणि अम्मर आधारभूत विद्यालयका २१ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा सामुदायिक वनको विकास तथा संरक्षणमा योगदान पुर्याएका पूर्वअध्यक्षहरूलाई सम्मानसमेत गरिएको थियो।
अधिवेशनबाट सालिकराम शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता सुवर्ण, सचिवमा सरिता खनाल, कोषाध्यक्षमा कमला पाण्डे र सहसचिवमा नवीन थारु चयन भएका छन्। अन्य सदस्यसहित ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
सभाले आगामी आर्थिक वर्षका लागि ९७ लाख रुपैयाँको अनुमानित बजेटसमेत तयार गरेको छ। सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित सभा सम्पन्न भएको हो।
थप समाचार
२२ भाद्र २०८३, सोमबार
बाढी प्रभावित रसुवामा अधिकांश क्षेत्रमा वर्ल्डलिंकको इन्टरने...
११ जेष्ठ २०८३, सोमबार
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण ह...
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला