logo of PMS News Nepal

PMS News Nepal

२१ आश्विन २०८१, सोमबार

07 Oct 2024, Monday

राजनिति

पार्टिले कसैलाई काख, कसैलाई पाखा नगरोस् -माधव पौडेल

नेपाल विद्यार्थी संघ केन्द्रले कपिलवस्तु जिल्लामा चन्द्रकान्त पोख्रेललाई अध्यक्षको जिम्मा दिएपछि विवाद आएको छ ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १२ भाद्र २०८०, मंगलवार

नेपाल विद्यार्थी संघ केन्द्रले भर्खरै कपिलवस्तु जिल्लामा चन्द्रकान्त पोख्रेललाई अध्यक्षको जिम्मा दिएपछि विवाद आएको छ ।

आफू कार्यवाह रहेको अवस्थामा पोख्रेललाई अध्यक्ष बनाएर केन्द्रिय कार्यसमितिले राजनीति गरेको भन्दै माधव पौडेलले आपत्ति जनाएका छन्  ।

पौडेलले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले एकातर्फ आफुलाई आधिकारिकता दिने अर्को तर्फ उमेर हद नाघेकोलाई सभापति बनाउन सिफारिस गर्ने गरेर दोहोरो रोल खेलेको देख्दा र सुन्दा लज्जास्पद भएको बताएका छन् ।

पार्टिले कसैलाई काखा र कसैलाई पाखाको ब्यवहार गरेर जबर्जस्ती निर्णय लाद्न खोजे परिणाम राम्रो नहुने पौडेलको भनाइ छ ।

जिल्लाको कार्यवाहक अध्यक्ष रहेको अवस्थामा केन्द्रिय समितिमा सिफ्ट गरेर आफूलाई हटाउने खेल सुरु भएको पनि उनले बताए । यो थाहा पाएपछि नवगठित नेविसंघको केन्द्रिय सदस्यबाट आफूले राजिनामा दिएको पौडेलले बताए ।

३ महिनाभित्र आफूले जिल्ला अधिवेशन गर्ने जिम्मेवारी पाएको अवस्थामा उक्त कार्य गर्न नदिई आफूमाथि राजनीति गरिएको पौडेलको दावी छ । संघको अधिवेशन सम्पन्न नगर्दासम्म आफूले पोख्रेललाई कुनै पनि हालतमा अध्यक्ष स्विकार गर्न नसक्ने पौडेल बताउँछन् । यो विषय केन्द्रलाई पनि जानकारी गराइसकेको पौडेलले बताए ।

पौडेलले नेविसंघ प्रती आस्थावान तथा सरोकारवाला हरुलाई बिचलित नहुन समेत आग्रह गरेका छन् ।

थप समाचार

Featured Image of the news article वडामा फोटोकपी र निवेदन नि:शूल्क

२९ भाद्र २०८०, शुक्रबार

वडामा फोटोकपी र निवेदन नि:शूल्क

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।