logo of PMS News Nepal

PMS News Nepal

२५ मंसिर २०८१, मंगलवार

10 Dec 2024, Tuesday

स्वास्थ्य

कपिलवस्तु फोटोग्राफर संघ द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु  फोटोग्राफर संघले १८४ औं विश्व फोटोग्राफी दिवस र संस्थाको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १२ भाद्र २०८०, मंगलवार

कपिलवस्तु  फोटोग्राफर संघले १८४ औं विश्व फोटोग्राफी दिवस र संस्थाको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

संघको  स्थापना दिवसको अवसरमा संघलेआज वाणगङा नगरपालिकाको जितपुर चोकमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको गरेको थियो ।

संघले आफ्नो स्थापना काल देखिनै रक्तदानका साथै विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

आज सम्पन्न रक्तदान कार्यक्रममा संघका सल्लाहाकार, पूर्व तथा नि–वर्तमान तथा वर्तमान कार्यसमितिका सदस्यहरु, फोटोग्राफर तथा सवसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा ७ जना महिला तथा ३२ जना पुरुष गरी ३९ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको सञ्चालन संघका सचिव कर्ण तिवारी (कुमार ) तथा संयोजन दामोदर बेल्बासेद्वारा गरिएको थियो ।

रामचन्द्र बेल्बासेको अध्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथि नेपाल रेडक्रस सोसाइटीका जिला शाखा कपिलवस्तुका मन्त्री सन्तोष कुमार श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी वाणगङा उपशाखाका सभापति संकर पाण्डे, वा न पा १ का वडा अध्यक्ष सन्जु कुमार सारु कपिलवस्तु फोटोग्राफर संघका निवर्तमान अध्यक्ष इन्द्रमणी बेल्बासे लगायतको उपस्तिथि रहेको थियो ।

संघले यसै अवसरमा ८ र ९ गते आफ्ना सदस्यहरुलाई निशुल्क फोटोग्राफी तालिम समेत राखेको छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।