logo of PMS News Nepal

PMS News Nepal

२ चैत्र २०८१, आईतवार

16 Mar 2025, Sunday

अर्थ / वाणिज्य

सुन तस्करी प्रकरण : भन्सारका थप एक कर्मचारी निलम्बित

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

काठमाडौं | १२ भाद्र २०८०, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् ।

भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।

 

यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।

 

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । 

 

source: online khabar 

थप समाचार

Featured Image of the news article सुनको मूल्य नयाँ कीर्तिमानमा

३० फाल्गुन २०८१, शुक्रबार

सुनको मूल्य नयाँ कीर्तिमानमा
Featured Image of the news article सरकारको खर्च आम्दानीभन्दा बढी

३० फाल्गुन २०८१, शुक्रबार

सरकारको खर्च आम्दानीभन्दा बढी

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।