बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप फुटबल भाद्र २१ देखि सुरु हुँदै
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १६ भाद्र २०८२, सोमबार
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित तेस्रो बुद्धभूमि डाबरा कप फुटबल प्रतियोगिता आगामी भाद्र २१ गतेदेखि ३१ गतेसम्म हुने भएको छ।
प्रतियोगिता डाबरा युवा क्लबको आयोजनामा र ग्लोबल डेरी प्रा.लि.को मुख्य प्रायोजनमा बुद्धभूमि नगरपालिका–४ डाबरा खेल मैदानमा सञ्चालन हुने छ। आयोजक क्लबका अध्यक्ष कमल काफ्लेका अनुसार यसपटकको प्रतियोगिता बुद्धभूमि क्षेत्रमा हालसम्मकै उच्च पुरस्कार राशीसहित आयोजना गरिएको हो। विजेता टिमले नगद ८१ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने छन् भने उपविजेता टिमले ५१ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगितामा जम्मा १६ टिम सहभागी हुनेछन् र खेल प्रत्येक दिन दिउँसो १ बजेदेखि सुरु हुनेछ। आयोजकले खेललाई अझ प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउनका लागि विभिन्न खेलप्रेमी व्यक्तित्वहरूको सहयोग पनि प्राप्त भएको जनाएको छ। मुख्य प्रायोजक ग्लोबल डेरी प्रा.लि. बुद्धभूमि–९ को साथै बुद्धभूमि नगरपालिका वडा नं. ४ को कार्यालयको संरक्षण र सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
थप समाचार
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२७ माघ २०८२, सोमबार
श्री तारकेश्वर धामको अध्यक्षमा इन्द्रमणी बेल्बासे निर्विरोध...
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको