कपिलवस्तुको बुद्धभुमिमा बस र मोटरसाइकल दुर्घटना २ को मृत्यु
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १३ कार्तिक २०८१, मंगलवार
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ पुरेनामा मङ्गलवार दिउसो १२ः४० मा भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिर बहादुर सुनारले बताउनु भयो ।
गोरुसिङ्गे बाट पुरेना तर्फ जाँदै गरेको लु १ ख ९०९२ न.को स्कुल बसले उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ६६ प ४८७५ न.को मोटर साइकल.एक आपसमा ठक्कर खाएका थिए । घाइते भएका थापालाई उपचारको लागी कपिलवस्तु अस्पताल तौलिहवा र थारुलाई चौराहा अस्पताल बुटवल पुराइएको थियो । अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
थप समाचार
८ भाद्र २०८१, शनिबार
दु खत खबर फेरि सुनकोशी नदिमा कार खसेको छ ।७ भाद्र २०८१, शुक्रबार
भारतीय नागरिक सवार बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नद...७ भाद्र २०८१, शुक्रबार
सिन्धुलीमा बोलेर दुर्घटनामा परी दुई जनाको मृत्यु र अन्य १० ज...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० आश्विन २०८१, बिहीबार
श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं साधारणसभ...३१ श्रावण २०८१, बिहीबार
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो