समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा शैक्षिक सामाग्री सहयोग
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १३ कार्तिक २०८१, मंगलवार
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ९ धमौलीका विजय कुवँरले आफ्नै वडाका ७ विद्यालयका १५ गरिव तथा जेहनदार विद्यार्थीलाइ न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ।
समाजसेवी विजय कुवँरले अध्ययन गरेको श्री जनकल्याण माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
२०५१ सालमा अर्घाखाँचीको सानाढुङ्रेमा माता मनकुमारी कुवँर र पिता ठग बहादुर कुवरको खोखबाट जन्मनुभएका समाजसेवी कुँवर हाल रोजगारीको शिलसिलामा पोल्याण्डमा रहदै आउनुभएको छ ।
समाजसेवी कुवँरले पोल्याण्डमा रहेर नेपालमा रहेका हरेक प्रकारका रोगी, पिडित तथा विभिन्न कार्यक्रममा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
जाडो महिना सुरु भएसङै गरिब विद्यार्थीहरुले न्यानो कपडा किन्न नसक्ने र चिसोमा स्वास्थ्यमा समस्या आउने भन्दै आफुले अध्ययन गरेको विद्यालय र वडा भरीका अन्य ७ विद्यालयका अति गरिब र बिपन्न वर्गका वालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामाग्री सहयोग गर्ने मनसाय बनेपछी सहयोग गरेको विजय कुवँरले पि एम एस न्युज नेपाललाई बताउनुभयो ।
न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्षता श्री जनकल्याण माध्यमिक विद्यालयका अध्यक्ष राम संकर थारुको रहेको थियो भने प्रमुख अथिति बुद्धभुमि नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमोद आचार्य अतिथिहरुमा विभिन्न विद्यालयाका प्रधानाध्यापक तथा शिक्षक, समाजसेवी बुद्धिजिवी, वि व्य स सदस्यहरु लगायतको उपस्थित रहेको कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि तथा अतिथिहरुले आफ्नो मेहनतले विरानो मुलुकमा कमाएको पैसाले गरिब विद्यार्थीको लागि न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएकोमा विजय कुवरलाई धन्यवाद व्यक्त गर्दै उहाँको आमा मनकुमारी अधिकारी कुवरलाई सम्मान व्यक्त गर्नुभएको थियो ।
जनकल्याण माविको समन्वयमा भएको कार्यक्रमको संचालन शिक्षक सुरज खनालले गर्नुभएको थियोभने स्वागत मन्तब्य जनकल्याण माविका सहायक प्रधानाध्यापक कुलमणी श्रेष्ठले राख्नुभएको थियो ।
कार्यक्रममा १४ जना बच्चाहरुले पोशाक, झोला, कापी, कलम, पेन्सिल लगायतका सामाग्रीहरु प्राप्त गरेका थिए ।
थप समाचार
१२ मंसिर २०८१, बुधबार
चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रवार चर्चित गायक पुस्कल...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० कार्तिक २०८१, शनिबार
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी न...१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान११ आश्विन २०८१, शुक्रबार
कपिलवस्तुको गोरुसिंगेमा रोधीघर संचालनमा आउने१ असार २०८१, शुक्रबार
बिग भिजन द्वारा आयोजित ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम...१३ बैशाख २०८१, बिहीबार
निसीखोला- २ मा शिक्षकहरुको क्षमता बढाउन ३ दिने तालिम कार्यशा...२८ चैत्र २०८०, बुधबार
नर्थ प्वाइन्ट एकेडेमि पत्थरकोटको नगर स्तरिय परिक्षामा शत प्र...१८ चैत्र २०८०, आईतवार
सुर्य सहकारी बुड्डीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न२ फाल्गुन २०८०, बुधबार
साहित्यकार घिमिरेले गरे शितगंगा १२ खुम्चिकोटमा मन्दिर निर्मा...१९ पुष २०८०, बिहीबार
समाजसेवी पुस्कर खनालले गरे अर्घाखाँचीका विद्यार्थीहरुलाई नि...