श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न
-


भक्तिराम घिमिरे
कपिलवस्तु | ११ कार्तिक २०८१, आईतवार
कपिलमुनी सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमी-१ कपिलवस्तुको १५औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
कपिलमुनी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा लेखा समिति सम्योजक सुना दर्लामिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेस्ठ , विशिष्ट अतिथि बुद्धभुमि १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत, सब डिभिजन वन कार्यलय बडहराका प्रमुख कल्याण सापकोटा द्वारा उदघाटन भएको कार्यक्रममा कोषाध्यक्ष टान बहादुर केसीले आयव्यय विवरण र सचिव गंगा पाण्डेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समुहका उपाध्यक्ष ऋषिकेस शर्माको स्वागतमा भएको कार्यक्रमको संचालन पारषमणी भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि हरुले बोल्दै वनको ऐन निति र नियम अनुसार काम गर्नेहो भने वनबाट दिगो आम्दानी सङै वनको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा बुद्धभुमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल, वैज्ञानिक वन महासंघकी केन्द्रिय सदस्य सिता बेल्बासे, विभिन्न वनका अध्यक्ष तथा प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
सोहि सभामा अमर ज्योति क्लबलाई खेलकुद सामाग्री समेत प्रदान गरिएको थियो ।

थप समाचार

२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
१५ बैशाख २०८२, सोमबार
बुद्धभूमि-१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न
२८ चैत्र २०८१, शुक्रबार
बुद्धभूमि नगरपालिकामा पाँचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
२८ चैत्र २०८१, शुक्रबार
नर्थ प्वाइन्ट एकेडेमीमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम स...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना...
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै
१२ माघ २०८१, शनिबार
कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै
५ पुष २०८१, शुक्रबार
प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित