रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी नेता तामाङ
-
भक्तिराम घिमिरे
काठमाडौं | १० कार्तिक २०८१, शनिबार
काठमाडौँ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले कांग्रेस एमालेले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन् । शनिवार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिलेको सरकार दलाल र बिचौलियालाई राज गर्न दिनका लागि मात्र बनेको बताए ।
असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताउँदै यो सरकार घुम्न र भोज खान व्यस्त भएको बताए । देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी नभएको बताए ।
उनले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे । नेता तामाङले सरकारले नैतिक धरातल गुमाएको, मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस लिएको भन्दै आपत्ति जनाए । उनले संविधान संशोधन गर्ने हिम्मत भए स्थायी सरकारका लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न आँट गर्न चुनौती दिए ।
थप समाचार
१२ मंसिर २०८१, बुधबार
चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रवार चर्चित गायक पुस्कल...१३ कार्तिक २०८१, मंगलवार
समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान११ आश्विन २०८१, शुक्रबार
कपिलवस्तुको गोरुसिंगेमा रोधीघर संचालनमा आउने२७ बैशाख २०८१, बिहीबार
एमाले कपिलवस्तुको उपसचिवमा आचार्यको बलियो उमेद्वारी२९ भाद्र २०८०, शुक्रबार
वडामा फोटोकपी र निवेदन नि:शूल्क१२ भाद्र २०८०, मंगलवार
पार्टिले कसैलाई काख, कसैलाई पाखा नगरोस् -माधव पौडेल११ श्रावण २०८०, बिहीबार
आज प्रधानमन्त्री प्रचण्ड इटली जादै१३ असार २०८०, बुधबार
लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्मका लागि स्थगित११ असार २०८०, सोमबार
भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ :...